काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा सगुन विद्या मन्दिर स्कुल बसले ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । उक्त स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ बीपी राजमार्ग अन्तरगत नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा ४ ख ७१ नम्बरको सगुन विद्या मन्दिरको स्कुल बस र विपरित दिशाबाट आउँदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा नमोबुद्ध २ कै बर्ष २३ को पासाङ तामाङ र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने बर्ष २२ को विजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
बस चालक फरार रहेका र उनको खोजी भइरहेको छ भने मोटरसाइकललाई ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
