After header

काभ्रे क्षेत्र १ ः काँग्रेसका वागी उम्मेदवार राजेशकुमारका कारण मुक्तानलाई सकस

काभ्रे । यतिबेला देशभर निर्वाचनको महोलले सबै दलहरुकसरी आफुहरुले बहुमत ल्याउने भने निर्वाचन प्रचारप्रसार तिर ब्यस्त रहेका छन् । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ ।निर्वाचनमा स्वन्तत्रदेखि पार्टीगतसम्मका उम्मेदवार यतिबेला आफु अनुकुल भोट माग्न मतदाताका ब्यस्त रहेका छन् । तर काभ्रे क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र १ मा यतिबेला स्वतन्त्र उम्मेदवार देखि दलका सबै उम्मेदवार घरदैलोमा नै ब्यस्त रहेका छन् । सबैले मतदातासँग आ–आफ्नो योजना सहित भोट मागिरहेका छन् । जेनजी आन्दोलन पछि युवाहरुनै धेरै उम्मेदवार रहेको अवस्थामा भने काभ्रे क्षेत्र –१ मा भने नेपाली काँग्रेसका उम्मेदवार गुणराज मुक्तानका लागि काँग्रेस पुराना प्रभाशाली नेता पनौती वडा नं. ७ निवासी राजशेकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिँदा मुक्तानलाई यतिबेला सकस भएको छ ।

काग्रेसका पुरानो नेता एवं समाजसेवी समेत रहेका श्रेष्ठका कारण नेपाली काँग्रेसको तर्फबाट उम्मेदावर रहेका उनलाई आफ्नै पार्टीको मत जोगाउन हम्मेहम्मे परेको छ । यससँगै कांग्रेस पार्टीबाटै श्रेष्ठले उम्मेदवार बनेपनि अर्का उम्मेदवार मुक्तानलाई निर्वाचनमा ठुलै धक्का पुग्ने चर्चा चिया–चौतारीदेखि बैठकहरुमासमेत चल्न थालेको देखिन्छ । श्रेष्ठले धेरैजसो काँग्रेसकै मत र केही स्वतन्त्र ब्यक्तिहरु मत लिने देखिएकाले काग्रेसकै तर्फबाट उम्मेदवार बनेका मुक्तानलाई उनकै कारण अहिलेको निर्वाचनमा धक्कालाग्ने समेत काँग्रेसकै नेताहरुले बताउछन् ।

सबै युवाहरुको मनमुटुमा बस्न सफल र समाजसेवामा तल्लिन श्रेष्ठको क्षेत्र नं. १ मा राम्रै प्रभाव देखिन थालेको छ । ‘श्रेष्ठले मत काट्ने त अधिकांश कांग्रेसकै हो’ एक कांग्रेसका कार्यकर्ताले भने । उनका अनुसार काभ्रे–१ मा कांग्रेस पार्टीको असन्तुस्टी मत श्रेष्ठलाई खस्ने देखिन्छ । श्रेष्ठको राजनीतिक यात्रा २०४० सालमा नेपाली कांग्रेसबाट सुरु भएको हो । लोकतान्त्रिक आन्दोलनका क्रममा उनले ७ महिना जेल जीवन समेत बिताएका छन् ।

बहुदलीय व्यवस्था पुनःस्थापनाका आन्दोलनदेखि विभिन्न सामाजिक तथा संस्थागत नेतृत्वसम्म उनको सक्रिय भूमिका रहँदै आएको छ । ४२ वर्षसम्म नेपाली कांग्रेसका लागि निःस्वार्थ योगदान दिए पनि पार्टीभित्र मेहनती र साहसी व्यक्तिको मूल्यांकन नभएको गुनासो उनले गरेका छन् ।“राजनीतिमा पालो कुर्दा–कुर्दै जीवन बित्यो, तर कहिल्यै सेवा–सुविधाको लोभ गरिनँ,” श्रेष्ठ भन्छन् ।

“म जिते पनि हारे पनि जनताकै बीचमा रहनेछु,” उनले भने,“तर जित हासिल भए काभ्रे–१ का आम मतदाताका समस्या संसद भवनसम्म पु¥याएर समाधानका लागि दृढतापूर्वक लाग्नेछु उनले भने । उनै श्रेष्ठका कारण नेपाली काँग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेमा मुक्तानलाई अहिलेको निर्वाचनमा आफ्नै पार्टीका पुराना नेता राजेशकुमार श्रेष्ठका कारण निर्वाचनको जित्न तेतिसजिलो नभएको देखिन्छ ।

काभ्रे क्षेत्र –१ मा १८ जना उम्मेदवार मध्ये ३ जना स्वन्तत्र रहेपनि बाँकी १५जना दलका तर्फबाट उम्मेदवार रहेका छन् । सबैले दल र स्वन्तत्रले कस्को र कति मत ल्याउने र कस्ले निर्वाचनको परिणम हातपार्ने अहिले नै प्रष्ट भन्न सकिने अवस्था नरहेको मतदाताहरुको भनाई रहेको छ ।

एक पटक पढ्नुहोस