काभ्रे । यतिबेला देशभर निर्वाचनको महोलले सबै दलहरुकसरी आफुहरुले बहुमत ल्याउने भने निर्वाचन प्रचारप्रसार तिर ब्यस्त रहेका छन् । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी छ ।निर्वाचनमा स्वन्तत्रदेखि पार्टीगतसम्मका उम्मेदवार यतिबेला आफु अनुकुल भोट माग्न मतदाताका ब्यस्त रहेका छन् ।
तर काभ्रे क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जेनजी आन्दोलनपछि युवाहरुको नेतृत्व भनेर प्रचारप्रसार गरपनि काभ्रे–२ मा नेपाली काग्रेसका तर्फबाट निर्वाचनमा दुई पटक पराजित भएका मधुप्रसाद आचार्यलाई पार्टीले टिकट दिएको भन्दै काँग्रेसका क्रियाशिल सदस्य तथा लामो समय पार्टीमा रहेर काम गरेका पाँचखाल नगरपालिका–१० बेलाका गणेशप्रसाद अधिकारीले स्वन्तन्त्र उम्मेदवारी दिएका छन् ।
यससँगै कांग्रेस पार्टीबाटै अधिकारी उम्मेदवार बनेपनि अर्का उम्मेदवार आचार्यलाई निर्वाचनमा ठुलै धक्का पुग्ने चर्चा चिया–चौतारीदेखि बैठकहरुमासमेत चल्न थालेको देखिन्छ ।सबै युवाहरुको मनमुटुमा बस्न सफल र समाजसेवामा तल्लिन अधिकारीको क्षेत्र नं. २ मा राम्रै प्रभाव देखिन थालेको छ । ‘अधिकारीले मत काट्ने त अधिकांश कांग्रेसकै हो’ एक कांग्रेसका कार्यकर्ताले भने । उनका अनुसार काभ्रे–२ मा कांग्रेसको असन्तुस्टी मत अधिकारीलाई खस्ने देखिन्छ ।
‘आफु भएमात्रै ठिक नभए बेठिक’ भन्ने स्वभावका आचार्यलाई यतिबेला मतदाताले प्रश्न गदै तपाईले निर्वाचन जित्ने आधार र जनताका लागि के प्रभाव पार्नुभएको छ ? भन्दै घरदैलाका क्रममा सोध्ने गरेका छन् । गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको आरोपमा जिल्ला पार्टी कार्यालय काभ्रेले कारवाही गर्न सिफारिस गरेका आचार्यलाई अहिले आफै उम्मेदवार बनेर मतदातासँग भोट माग्न जाँदा उनले ‘हिजो के भयो तर आज मलाई भोट दिनु’ भन्दै झुठो आश्वासन बाड्दै जनतासँग मत मागेको स्थानियहरुले आरोप लगाएका छन् ।
पार्टीले विधान अनुसार चल्ने भनेपनि विषेश महाधिवेशनपछि आफु अनुकुल पार्टी सभापति बनाउन सफल भएका आचार्यले काभ्रे–२ का लागि आफुले टिकट ल्याएका हुन् ।नेपाली काँग्रेस क्रियाशिल सदस्य एवं समाजसेवी हालका काँग्रेस पार्टीबाट बाघी उम्मेदवार दिएका अधिकारी भन्छन्, ‘सुधारिएको काँग्रेस भन्दै श्रीमान श्रीमती एउटै पार्टीबाट सांसद नबन्ने घोषणालाई लात हानेका उनलाई काँग्रेसको विधानले उनलाई के भन्छ ?’ उनको श्रीमती कमला पन्त राष्ट्रिय सभा सांसद हुन् ।
उनी प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । त्यसैले अरुलाई भन्नु र आफैमा गर्नु फरक भएपछि आचार्यका एकपछि अर्का आर्दशका गफ पनि फिक्का भएका अधिकारीले दावी गरे । उनले भने ‘आफु सधै आफ्ना पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्तर्घात गर्ने अनि आफैलाई परेका बेला कसले गर्छ सहयोग ?’ यसैको विरुद्धमा र आम काभ्रे–२ का नागरिकको हकहितका लागि आफुले आफ्नो उम्मेदवारी दिएको अधिकारीले जानकारी दिए ।
उनले युवाको चाहानमा देशले परिवर्तन खोजिरहेको अवस्थामा सधैँ एउटै ब्यक्ति उम्मेदवार हुनुपर्ने कहाँको संस्कार हो, यसपटक अन्तर्घातीभन्दा पार्टीको हकहितका लागि काम गर्नेलाई अबका काभ्रेली जनताले भोट दिनसमेत उनले आग्रह गरेका छन् ।
