भक्तपुर । युनिटी इङ्ग्लिस स्कुलले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा आफ्ना अभिभावकका लागि अभिमुखिकरण प्रदान गरेको छ । शैक्षिक क्षेत्रमा आफ्नोे छुट्टै पहिचान बनाएको सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा अवस्थित युनिटी इङ्ग्लिस स्कुलले २४औँ स्थापना दिवसको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम–२०८२ सफलताका साथ सम्पन्न गरेको हो ।
नेश्नल प्याबसन भक्तपुरका अध्यक्ष सन्जय खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले २४औं बर्ष सम्म आइपुग्दा बिद्यालयले आफ्नो स्थापना कालदेखि नै सहुलियत शुल्कमा गुण्स्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । हालसम्म पनि विद्यालयले शैक्षिक गुणस्तर कायम राखेको उनको भनाई थियो । खड्काले विद्यालय आफ्नो लक्ष्य र उद्देश्यमा अडिक रहि शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
साथै उनले पछिल्ला बर्षहरुमा युनिटीले शैक्षिक उपलब्धि तथा नतिजा र पठनपाठन सिकाई उपलब्धिमा सफलता हात पार्दै गएको जानकारी गराए । उनले विद्यालयको उत्कृष्ट ब्यवस्थापन र नेतृत्वका कारण आज युनिटी एउटा कटुन्जेको प्रमुख आकर्षणको केन्द्र बनेको र अभिभावकहरु विद्यालयका लागि अन्यन्त्र टाढा जानुनपर्ने बताए ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता उत्प्रेरक, सचेतक एवं मनोपरामर्शकर्ता डा रविन कटवालले बिशेष रुपले संस्कार सहितको शिक्षा घरैबाट पनि कसरी दिन सकिन्छ ? अभिभावक, विद्यालय र विद्यार्थी बिचको महत्वका बारे चर्चा गर्दै असल अभिभावकत्व के हो ? कसरी निर्वाह गर्न सकिन्छ ? बालबच्चाहरुमा पढाई लेखाई प्रति कसरी अभिरुचि बढाउन सकिन्छ ? भन्ने बारे उत्प्रेरित गरेका थिए ।
कटुवालले अभिभावकले बालबालिकाहरुलाई समय दिनु पर्ने, उनीहरुको व्यवहार र संगतमा पनि ध्यान दिनु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा युनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २४ औँ वर्षमा प्रवेश गर्न सफल भइरहँदा विद्यालयमा हालसम्म जोडिरहनु हुने, हौसला प्रदान गर्नुहुने र बिश्वास गर्नुहुने सम्पूर्ण अभिभावकवर्ग प्रति हार्दिक आभार र कृतज्ञता प्रकट गरेका थिए ।
प्रिन्सिपल गुमाञ्जुले हालको शैक्षिक सत्र २०८२ को सुरुवात देखिनै विद्यार्थीको पढाई, लेखाई र सिकाईलाई अतिरिक्त कृयाकलाप सङ्ग जोड्न सफल भएको र सो खालका कृयाकलापले विद्यार्थीवर्गको प्रतिभा प्रस्फुटन हुँदै गएको र विद्यार्थीको सिकाई र व्यवहारिक ज्ञानमा वृद्धि भएको बताए ।
