After header

काभ्रे –१ उम्मेदवार गुणराज मतदातासँग आशिर्वाद लिदै

काभ्रे । यही फाुगन २१ गते हुन गईरहेको प्रतिनिधि सभाका लागि काभ्रे – १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका गुणराज मुक्तान मतदातासँग आशिर्वाद लिदै मत माग्न ब्यस्त रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ उम्मेदवार रहेका मुक्तान यतिबेला मतदाताको घर आँगनमा पुगिरहेका छन् ।

लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेका तथा नेपाली काग्रेसको विभिन्न पदमा रहेर काम गरेका उनी यतिबेला रुख चिह्न लिएर आफ्नो क्षेत्र अन्र्तगत सबै मतदाताहरुको गुनासो सुन्दै भोट माग्न ब्यस्त रहेका छन् । काभ्रे क्षेत्र नं. १ अन्र्तगत ६९ वटा वडामा यतिबेला सबै वडाका मतदाता सँग भलाकुसारी गदै आफ्नो पार्टीको योजना र भोलि जनतालाई परेको अठ्यारोमा सधै पार्टी र आफ्नो साथ सहयोग पु¥याउने प्रतिवद्धता सहित मतदाताहरुसगँ घरआँगनमा पुगेका छन् ।

क्षेत्र नं १ मा होमिएका १८ जना उम्मेदवारमध्ये अब्वल मानिएका उनीलाई मतदाताहरुले जितको शुभकामना सहित आशिर्वाद दिएका छन् ।नेपाली कांग्रेसको तर्फबाट काभ्रे प्रतिनिधीसभा सदस्य निर्वाचनमा नयाँ अनुहार क्षेत्र नं १ का उम्मेदवार गुणराज मुक्तान शालिन र बौद्धिक नेता मानिन्छन् । रोशी गाउँपालिका वार्ड नं १२ स्थित शिखरपुरमा पिता जितबहादुर मुक्तान र आमा हिरामाया काल्तानको सन्तानको रुपमा २०४२ साल माघ ११ गते जन्मिएका मुक्तान नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा सकृय छन् ।

सामाजिक क्षेत्रमा क्रियाशील मुक्तान नाङसाल एसोसियसन अध्यक्षको अध्यक्ष भएर खानीखोला, महाभारत, रोशी, नमोबुद्ध क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विपद्पछिको पुनर्निर्माणमा काम गरेका छन् । शैक्षिक योजना तथा व्यस्थापनमा विषयमा स्नातकोत्तर, विकास अध्ययनमा एफफिल र बिद्यालय शासन पद्दतिमा बिधावारिधि गर्दै गरेका युवा नेता मुक्तान उम्मेदवार मध्ये शैक्षिक योग्यतामा अब्बल रुपमा गनिन्छन ।

पुस्तान्तरण, वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी र मुलुक रूपान्तरणको मुद्दा बोकेका मुुक्तान काँग्रेस युवामय भएको र युवाले नै युवाको विचार, भावना, समस्या, आवश्यकताका सवाल बोकेर निर्वाचनमा होमिएको बताउँछन् ।‘नयाँ आशाको किरण छर्दै युवाले चाहेको देश बनाउन जनतासामु आएको छु । अवसर पाउँछु भन्नेमा ढुक्क छु ।’ मुक्तानले भने, सुशासन, पारदर्शिताका साथै राज्य सञ्चालन गर्दाका त्रुटि र काभ्रेका समस्या सदनमा प्रखर रूपमा उठाउन मेरो उम्मेदवारी हो ।’

प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएका उनलाई यतिबेला मतदाताहरूले स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका छन् । लामो समयदेखि जनतामाझ सक्रिय रूपमा घुलमिल हुँदै सामाजिक सेवामा समर्पित रहँदै आएका कारण उनी मतदातामाझ बढी लोकप्रिय देखिएका छन् ।

भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले शुभकामनासँगै आफ्ना समस्या, सुझाव र अपेक्षा समेत राखिरहेका छन् । जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै अघि बढेका उनीप्रति मतदाताको सकारात्मक उत्साह देखिएको छ । उनले जनताले गरेको विश्वासमा आफु र आफ्नो पार्टीबाट मतदातालाई कहिले घातहुने काम नहुने भन्दै अगामि निर्वाचनमा आफु र आफ्नो पार्टीलाई मत दिएर विजय गरौन आम मतदातालाई उनले आग्रह गरेका छन् ।

एक पटक पढ्नुहोस