काभ्रे । नेपाली कम्युनिष्ट पार्टी काभ्रेपालञ्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले मतदाताले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।यही फागुन २१ गते हुनगईरहेको प्रतिनिधि सभा निर्वाचनका लागि घरदैलो कार्यक्रममा उनले जनता सामु यस्तो प्रतिवद्धता गरेका हुन् ।
मतदाताहरुसंगको भेटघाट तथा घरदैलो कार्यक्रमको शिलशिलामा आफ्नो धारण राख्दै हुमागाईले विगतमा पनि दूई पटक आफुलाई जिम्मेवारी दिएर पठाएको र त्यसलाई पूर्ण रुपमा कर्तब्य निभाई सकेको बताउँदै यस पटक पनि त्यसरी नै जिम्मेवारी दिएर नागरिक र देशको हितको सेवामा समर्पित हुने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । उनले आफुले प्रतिनिधि सभामा निर्वाचित भएपछि मतदाताले हालेको भोटको अर्थपूर्ण हुने गरी भूमिका खेल्ने प्रतिबद्धता समेत मतदाता सामु राखेका थिए ।
आफुले कहिल्यै फरक मत नसोचि काम गर्ने व्यक्ति भएको हुनाले यो वा उ पक्ष नभनिकन यसपालिको निर्वाचनमा एक पटक ‘निर्वाचन चिन्ह तारा, हाम्रा उम्मेदवार बसुन्धरा’ भन्दै मत प्रदान गरी आम नागरिकको जिम्मेवारी बहन गर्ने ठाउँमा पु¥याउन मतदातालाई आग्रह गरेका छन् ।
त्यसमा सबैको साथ, सहयोग र समर्थन पाउने उनले अपेक्षाका साथ त्यसको लागि मतदाताहरुसंग अनुरोध गरेका छन् । घरदैलो कार्यक्रममा हुमागाईलाई मतदाताले जितको शुभकामना दिदै जनताको मान्छे भई सधैव काभ्रे जिल्लाको विकास र जिल्लालाई विश्वभर चिनाउन सफल हुन भन्दै मतदाताले विजयको शुभकामना दिएका थिए ।
