काभ्रे । काभ्रे क्षेत्र १ का स्वतन्त्र उम्मेदवार आम काभ्रली जनताको मनमुटुमा बस्न सफल समाजसेवी राजेशकुमार श्रेष्ठ यतिबेला मतदताको घरआँगनमा भोट माग्न ब्यस्त रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार दिएका उनी यतिबेला निर्वाचन क्षेत्रभर सबै मतदाताको घरआँगनमा पुग्दै जनताको गुनासो सुन्दै हिडेका छन् ।
करीब ४० वर्ष नेपाली काग्रेस पार्टीमा राजनितिक गरेका श्रेष्ठले काग्रेस पार्टी भित्र नातावात कृपावादको हावी भयो भन्दै उनले यही फागुन २१गते हुनगईरहेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको बताउछन् ।

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय श्रेष्ठ ‘आँखी झ्याल’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका श्रेष्ठ विकास, सुशासन र जवाफदेहिताको एजेन्डा बोकेर घरदैलो अभियानमा व्यस्त छन् । उनले जनताको समस्यामा यसभन्दा अगाडि पनि आफुले सकेको सहयोग गरिरहेको बताउछन् । म जितहारको भन्दा पनि जनताको समस्या आफ्नो समस्या हो भन्दै जनताको अहिलेको माग बमोजिम आफुले उम्मेदवारी दिएको समेत उनको भनाई थियो ।
काभ्रे क्षेत्र नं. १ अन्र्तगत ६९ वटा वडामा यतिबेला स्वतन्त्र उम्मेदवार बनेका श्रेष्ठ यतिबेला आफ्नो निर्वाचन क्षेत्रभर जनताको घरआँगनमा पुगेर मत माग्दै जनताको गुनासो सुन्नमा ब्यस्त रहेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएका उनलाई यतिबेला मतदाताहरूले स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका छन् ।

लामो समयदेखि जनतामाझ सक्रिय रूपमा घुलमिल हुँदै सामाजिक सेवामा समर्पित रहँदै आएका कारण उनी मतदातामाझ बढी लोकप्रिय देखिएका छन् । भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले शुभकामनासँगै आफ्ना समस्या, सुझाव र अपेक्षा समेत राखिरहेका छन् । जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै अघि बढेका उनीप्रति मतदाताको सकारात्मक उत्साह देखिएको छ ।
काभ्रे क्षेत्र नम्बर १ मा यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा राजेश कुमार श्रेष्ठ मैदानमा उत्रिएसँगै चुनावी माहोल थप चासोपूर्ण बनेको छ । स्थापित दलहरूप्रति देखिएको असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीबीच उनको उम्मेदवारीलाई मतदाताले कस्तो रूपमा ग्रहण गर्नेछन् भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ ।

स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिनु स्वयंमा चुनौतीपूर्ण मानिए पनि, स्थानीय मुद्दालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धताले उनको उपस्थितिलाई अर्थपूर्ण बनाएको विश्लेषण गरिन्छ । अब मतदाताको निर्णयले नै यस प्रतिस्पर्धालाई कुन दिशातर्फ लैजान्छ भन्ने स्पष्ट हुनेछ ।

उनै श्रेष्ठ काग्रेसका पुराना नेता भएकाले काभ्रे जिल्लाभर उनी परिचित ब्यक्ति समेत रहेका छन् । उनैका कारण ठुला भन्ने दलहरु उनको उम्मेवारी परेपछि र अहिले जनताको साथ र सहयोग देखेपछि तर्सिएका छन् । उनी भन्छन म स्वन्तत्र उम्मेदवारी दिएको तर अरु दलहरुसगँ प्रतिस्पर्धामा नै रहेको बताउछन् ।
