After header

गोरखामा चट्याङ लागेर एकको मृत्यु , दुई जना घाइते

काठमाडौं । गोरखामा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् । मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।

साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरु तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनै जनालाई अस्पताल पु¥याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

एक पटक पढ्नुहोस