काभ्रे । नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रका कोषाध्यक्ष सहित केही सदस्यहरुले सामुहिक राजिनाम दिएका छन् । सस्थाभित्र केही खराब आचारण भएका ब्यक्ति रहेका र सस्था यस्तो तरिकाले चलाउन नसकिने भन्दै उनीहरुले पत्रकार सम्मेलन गरी सामुहिक राजिनाम दिएको बताएका छन् । करीब दुई वर्ष अगाडि सस्था दर्ता गरी श्री नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्ने उदेश्यले सस्था दर्ता गरी विभिन्न कार्य गदै आएको थियो । केही दिन अगाडि सस्थाले श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ समेत लगायको थियो ।
श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं नमोवुद्ध–३ दाहालचौर धार्मिक महोत्सव मुल समारोह समितिले आयव्यय विवरण सार्वजनिक गदै ६जना कार्यसमितिमा रहेकाहरुले सस्थाका अध्यक्षलाई राजिनाम दिएका हुन् । भोलिका दिनमा केही विवाद नहोस् भन्दै उनीलाई महायज्ञमा उठेका केही रकम सहित पत्रकार सम्मेलन मार्फत आयव्यय विरण सार्वजनिक गरिएको नमोबुद्ध ज्येष्ठ नागरिक सेवाकेन्द्र मुलसमारोह समितिका अध्यक्ष एवं सस्था सदस्य समेत रहेका रामकुमार मैनालीले जनाकारी दिए ।

माघ १९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको सप्ताहमा १५ लाख २० हजार रुपैयाँ संकलन भएको मुल समारोह समितिका सचिव सन्तोष दाहालले जानकारी दिए । उनका अनुसार १२ लाख ७८ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ भने २ लाख ८६ हजार ५ सय सय १ रुपैयाँ उठ्न बाँकी छ । सो कार्यक्रममा आफ्नो कार्यव्यस्तता तथा केही अन्य समस्या दर्शाउँदै समितिका ६ जना सदस्य तथा पदाधिकारीले अध्यक्ष सत्याल सामु राजीनामा पनि बुझाएका थिए ।
राजिनामा दिनेमा सस्थाका कोषध्यक्ष रुकुमणि अधिकारी, सदस्यहरु रामकुमार मैनाली, केशव अधिकारी,अम्बिका हुमागाई तारादेवी पौडेल लगायतले राजिनामा दिएका छन् । उनले राजिनामा पत्र बुझ्दै ज्येष्ठ नागरिक सेवा केन्द्रका सञ्चालनार्थ सुरु गरिएको सप्ताह अपेक्षाकृत सफल नभएपनि सहयोगी बनेको अध्यक्ष सत्यालले बताइन् । सामुहिक राजिनामले सस्थालाई अगाडि बढाउन गाह्रो हुने बताउदै भोलिका दिनमा पुन सहकार्य गरी अगाडि बढ्ने प्रयास गर्ने उनले बताईन् ।
बैठकमा आयोजक मूल समारोह समिति संयोजक मैनाली, नमोवुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्र अध्यक्ष अप्सरा सत्याल, उपाध्यक्ष रामहरी दाहाल, आयोजक समिति महासचिव दिपेन्द्र अधिकारी, सचिव सन्तोष दाहाल, सह–कोषाध्यक्ष तीर्थराज पौडेल, लगायत स्थानीय र पत्रकारको उपस्थिती रहेको थियो ।
