मंसिर २, २०७४-जिल्लाको चन्द्रपुर नपा ५ राधाकृष्ण मन्दिर नजिक बम विस्फोट भएको छ । वाम गठबन्धनको चुनावी सभा बाहिर शनिबार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा ७ जना घाइते भएका छन् । तीमध्ये चन्द्रपुर नपा वडा १ चिडिया द बस्ने वर्ष ३१ कि सरिता राई र उनका छोरा ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको छ । अन्य घाइते ५ जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएपी शान्तिराज कोइरालाले जानकारी दिए ।
(कान्तिपुर बाट साभार)
