After header

बम बनाउने ४३ थान सकेट फेला

रोल्पा : उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको छ।

मंसिर ३ गते दिउँसो सुवर्णावती गाउँपालिका-६ क्वालीगाउँबाट पक्राउ परेका सुनछहरी गाउँपालिका-६ का हिमलाल पुन, सुवर्णावती गाउँपालिका-५ का मिनराम विष्ट र खड्कबहादुर केसी, रोल्पा नगरपालिका-१० धबाङका बिरबहादुर केसी र धनबहादुर थापा ‘विश्लेषण’ को साथबाट सात थान ग्रिनेट फेला परेको प्रहरीले जनाएको छ।

शनिबार राती छापामार्दा पक्राउ परेका विश्लेषणको घरबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारिएको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जनाए। तयारी हालतमा रहेका सात वटा रेडबुल ग्रिनेटलाई मुचुल्का उठाई नेपाली सेनाको डिस्पोजल टोलीबाट निस्कृय बनाउने तयारी भइरहेको प्रनाउ ज्ञानेन्द्र प्रसाद फुयालले बताए।

एक पटक पढ्नुहोस