एउटै सोफामा बसेर देउवा, ओली र नेपालले दिए दाहाललाई समवेदना

पुष्पकमल दाहालका छोरा प्रकाशको निधनमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल दाहाल निवास लाजिम्पाट गएका छन्। उनीहरूले एउटै सोफामा बसेर दाहाललाई समवेदना दिए।

दाहाललाई समवेदना दिन अोली बिहान सवा १० बजेतिर लाजिम्पाट पुगेका थिए।  केहीबेरमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लाजिम्पाट पुगेका थिए। केहीबेरमा प्रधानमन्त्री देउवा पनि दाहाल निवास पुगे। तीन नेताहरूले १० मिनेट दाहालसँग सँगै कुरा गरेका थिए।

१० मिनेटपछि प्रधानमन्त्री देउवा लाजिम्पाटबाट निस्किए। अोली भने पौने घन्टा जति दाहाल निवासमा बसेका थिए।

हिजो जिल्ला बाहिर रहेका उनीहरू आज दाहाल परिवारलाई समवेदना प्रकट गर्न त्यहाँ पुगेका थिए। समवेदना दिन एमाले  अध्यक्ष ओलीसँगै उनकी पत्नी  राधिका शाक्य पनि लाजिम्पाट पुगेकी थिइन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फोन गरेर समवेदना दिएका थिए।

(सेतो पाटि बाट )

एक पटक पढ्नुहोस