काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको चुनाबी सरकारले बदनियत राखेर गरेका सबै निर्णयहरु सच्याउने बताएका छन् ।
सोमबार काठमाडौमा नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान निर्बाचन गराउन भन्दा पनि देशलाई दूरगामी रुपमा नकारात्मक अशर गर्ने काम गरेकोले चुनावपछि बन्ने सरकारले सरकारले गरेका बुढीगण्डकी लगायतका निर्णय सच्याउने बताएका हुन् ।
यो सरकार चुनाव गराउनका लागि मात्र भएकाले दूरगामी असर गर्ने निर्णय गर्न नपाउने भन्दै अध्यक्ष ओलीले छिमेकी देशहरुसँग पारस्परिक सम्बन्ध र महत्व राख्ने आयोजना तथा ठूला आयोजनाहरुमा लाइसेन्स खारेज गर्ने तथा दिने काम भएकोले निर्वाचन पछि बन्ने आफ्नो सरकारले सबै गलत निर्णय सच्याउने बताए ।

चुनावपछि देउवा सरकारले गरेका निर्णय उल्ट्याउछौंः केपी ओली
Next Post
एक पटक पढ्नुहोस