हृदयघातबाट अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै प्रकाशको निधन : अस्पताल

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

दाहालको निधनबारे अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिँदै अस्पतालका चिकित्सकहरुले बिहान ५ बजेर ५० मिनेटमा अस्पताल ल्याइपुर्‍याउदा मृत्यु भइसकेको जनाएको छ ।

चिकित्सकहरुले अस्पताल ल्याइपुर्‍याउँदा मुटुको धड्कन बन्द भइसकेको र श्वासप्रश्वास नभएको, आँखाको नानी पनि खसिसकेको र शरीर कडा भइसकेको पाइएको जनाएका छन् ।

चिकित्सकहरुले भने, ‘तीन घण्टा अघि नै हृदयघात भएपछि अस्पताल ल्याउनु अघि निधन भइसकेको थियो । इसिजी गर्दा पनि केही नभेटिएपछि हामीले बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौं ।’

एक पटक पढ्नुहोस