१२ मंसिर, काठमाडौं । दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो ।
एक जना व्यक्तिले सडकमा बम फ्यालेर भागेपछि विष्फोट भएको घटनास्थलमा रहेका डिएसपी सुदिल शाहीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार बम फ्याल्ने व्यक्तिको खोजी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको तुलसीपुरमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो । सभास्थल भन्दा करिब २०० मिटर टाढा बम विष्फाेट भएकाे थियाे ।
-अनलाइन खबर बाट
