कहिले सम्बन्धमा तिक्तता त कहिले कुनै कारणवश हालसम्म थुप्रै बलिउड कलाकारले दुईवटा विवाह गरिसकेका छन् । यस्तोमा करिना, हेलेन, हेमा मालिनीसमेत थुप्रै नायिका छन् जसले यस्ता व्यक्तिसँग विवाह गरेका छन् जसको पहिले नै सन्तान थिए । आज मदर्स डेको विशेष मौकामा आज ती नायिकाबारे जानकारी दिँदै छौं जसले ती सन्तानलाई आफ्नो ठानेर पुरा परिवारलाई जोड्दै सम्बन्धको सुन्दरतालाई एक नयाँ आयाम दिएका छन् ।
करिना कपुरले सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेका थिए । यसअघि सैफका जेठी श्रीमती अमृता सिंहबाट दुई सन्तान सारा अली र इब्राहिम छन् । करिना कपुरले थुप्रै मौकामा भनिसकेकी छिन् कि उनी सारा र इब्राहिमकी आमा नभई एक साथी हुन् । यसबाहेक साराले पनि करिनाको निकै तारिफ गरिरहेको देख्न सकिन्छ । एक अन्तरवार्ताको क्रममा करिनाले सारा र इब्राहिमलाई निकै राम्रो तरिकाले हुर्काइएको भन्दै तारिफ गरेकी थिइन् । उनीहरुलाई एक–अर्कासँग समय बिताउन निकै मनपर्छ जसकारण पारिवारिक जमघटमा यी तीनबीच निकै राम्रो बन्डिङ देख्न पाइन्छ ।
