गर्मीको याम छ । यतिबेला छालामा अनेकन समस्या देखापर्छ । जस्तो कि, डन्डिफोर आउने, छालामा चिप्लोपना आउने ।
चर्को घाम, धुलो–धुँवाको असर पनि छालामा पर्छ । त्यसैगरी खराब खानपान, जीवनशैली, तनाव आदिले समेत अनुहार एवं छालामा समस्या ल्याउँछ । कतिपयमा भने वंशानुगत रुपमै डन्डिफोर जस्ता समस्या देखिन्छ ।

