राम्रो स्वास्थ्यको लागि प्रोटिन निकै जरुरी रहेको छ। यदि तपाई मसल्स बनाउने कोसिस गरिरहनु भएको छ भने वा वजन घटाउन चाहनुहुन्छ भने प्रोटिनले भरपुर रहेको खानेकुरा खानुहोस् । प्रोटिनको कुरा गर्दा अन्डा र पनिरको नाम सबैभन्दा पहिला आउछ। दुवैमा प्रोटिनको साथसाथै थुप्रै अन्य पोषक तत्व जस्तै क्याल्शियम, बी-१२ र आईरन रहेको हुन्छ। शाकाहारीको लागी प्रोटिनको स्रोत दाल र पनिर रहेको छ भने नन भेजेटेरियनसँग भने दुवै विकल्प रहेको छ। जानीराखौ प्रोटिन कुन चिजमा धेरै हुन्छ। अन्डा वा पनिर ?
एउटा उमालेको अन्डामा (४४ ग्राम) मा ५.५ ग्राम प्रोटिन, फ्याट ४.२ ग्राम, क्याल्शियम २४.६ मिलीग्राम, आइरन ०.८ मिलीग्राम र म्याग्नेशियम ५.३ मिलीग्राम हुन्छ। अन्डा जस्तै पनिरलाई पनि थुप्रै डाइटमा समावेश गरिन्छ । ४० ग्राम लो फ्याट चीज वा पनीरमा प्रोटिन ७.५४ ग्राम प्रोटिन, फ्याट ५.८८ ग्राम, कार्बोहाइड्रेट ४.९६ ग्राम, फोलेट्स ३७.३२ माइक्रोग्राम र क्याल्शियम १९०.४ मिलीग्राम हुन्छ। अन्डा र पनिरमा लगभग एकै खालको पोषक तत्व पाईन्छ। प्रोटिन बाहेक दुवै भिटामिन बी-१२ , आइरन, क्याल्शियम र थुप्रै भिटामिनको स्रोत हो। अन्डा र पनीरले शरीर बनाउनको लागि र तौल घटाउन मदत गर्छ। त्यसैले यी दुवै चिजलाई तपाई आफ्नो डाइटमा मिलाएर शामिल गर्न सक्नुहुन्छ।
