त्यस्तै अर्को एक अध्ययनले कोरोना भाइरस परिवारका अन्य रोगविरुद्धको प्रतिरोधी क्षमताले पनि कोभिड–१९ को लागि काम गर्ने गरेको पाइएको थियो । संक्रमणविद् केटी जेफ्रीले कोरोना खोप आउन लागेको अवस्थामा यस किसिमको समाचार उत्साहवर्द्धक रहेको बताएकी छन् । छोटै अवधिको लागि भए पनि एकपटक एन्टिबडी विकास भएपछि कोरोना संक्रमणबाट बच्न सकिने यो अध्ययनले देखाएको जेफ्रीले बताइन् । यो पनि पढ्नुहोस कोरोना खोप : कुनै देश छुट्न सक्छ ? अक्सफोर्डको यो अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसमध्ये ११ हजार स्वास्थ्यकर्मीको कोभिड–१९ एन्टिबडी नेगेटिभ पाइएको थियो । अध्ययनको क्रममा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण देखिएको थियो । यद्यपि एन्टिबडी विकास भइसकेका कसैमा पनि लक्षणसहितको संक्रमण देखिएको थिएन । एन्डिबडी भएकामध्ये पनि तीनजना मानिसमा भने लक्षणविनाको कोभिड–१९ पाइएको थियो । लक्षणविनाको कोभिड–१९ देखिनेको संख्या एन्टिबडी नभएका मानिसहरुमा ७६ थियो ।

६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।

कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७/५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३/३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७/७ जना, पर्वत, डडेलधुरा र बझाङका ६/६ जना, सुनसरी, बारा र लमजुङका ५/५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४/४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३/३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २/२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

एक पटक पढ्नुहोस