मिश्रमा भेटिएको चम्चाको इतिहास, कसरी विकास हुँदै गयो विश्वमा ?

काठमाडौं । हिजोआज मान्छेको हरेक गतिविधिमा चम्चाको प्रयोग अनिवार्य जस्तै भएको छ । अहिले गाउँघरमा पनि हातले ढिके नुन अड्कलेर तरकारीमा हाल्न छाडिसकेका छन् । कर्छुलीले आजभोलि घिउतेल निकाल्न छाडिसकिएको छ । यी सबै भाँडाकुँडालाई आजभोलि चम्चाले नै विस्थापित गरिदिएको छ । यतिमात्रै नभएर चम्चालाई मानवीकरण गरेर मान्छेको प्रवृत्तिलाई समेत चम्चे प्रवृत्ति भनेर समेत हिजोआज व्याख्या गर्ने गरिएको छ ।

चम्चाको इतिहास सधैंभरि धनी र समृद्ध परिवारसँग मात्रै जोडिँदै आयो । कुनै बेला युरोपमा देखावटी रवाफको लागि मात्रै यसलाई घरमा राख्ने चलन थियो । अहिले पनि धेरै मान्छेहरु आफूलाई धनाढ्य र नवधनाढ्य जस्तो देखिन पनि यो संस्कारलाई अँगाल्दै गए । त्यसैले चम्चाको इतिहास सधैंभरि धनाढ्यहरुकै आसपासको उपकरणको रुपमा विकास भयो ।
मानव सभ्यताको सुरुवातसँगै मान्छेले विभिन्न किसिमका उपकरणहरु प्रयोगमा ल्याउन थालेको पुरातात्विक इतिहास पाइन्छ । अझ मान्छेले सामूहिक जीवनशैली अपनाउने र पारिवारिक संरचनामा जीवन बिताउन थालेपछि विभिन्न भाँडाकुँडाको प्रयोग सुरु गरे । तर आजको संस्कृति बनेर उदाउँदै गएको चम्चाले खाना खाने पद्धति, अझभन्दा चम्चाको पद्धति कहिलेदेखि सुरु भयो होला ? कहाँबाट विकास भयो होला ?

नेपाली संस्कृतिमा अझैसम्म पनि चम्चाले डाइनिङ टेबुलमा बसेर खाना खाने पद्धति सबैले अपनाउने गरिसकेका छैनन् । यद्यपि सहरीया केही घरानाहरुले भने यो संस्कृतिलाई आफ्नो अनिवार्य आवश्यकताको विषय पनि बनाएका छन् । जसका कारण बिस्तारै नेपाली संस्कृतिमा चम्चाले खाना खाने चलनको विकास हुन थालेको छ भन्ने कुरा मान्न सकिन्छ । तर चम्चाको विकास कहाँबाट भयो ? भन्दा यसको अन्तर्राष्ट्रिय अध्ययनलाई हेर्नु उपयुक्त हुन्छ ।ऐतिहासिक उपकरणहरु

इतिहासलाई फर्केर हेर्दा माटोका भाँडाहरु परापूर्वकालदेखि चलिआएका थिए । काठका उपकरणहरुको इतिहास पनि लामै छ । त्यसपछि धातुका उपकरणहरुको इतिहास पाइन्छ । यही माटोबाट नै विभिन्न आकृतिको विकास गरिएको हुन्थ्यो । माटोबाट भाँडाकुँडाको विकास गर्नुअघि ढुंगे युगमा मान्छेले ढुंगाकै हतियारबाट शिकार गरेर आफ्नो पेट पाल्ने गरेका थिए । तर सभ्यताको विकाससँगै माटोको घैंटो, पानी राख्ने भाँडा, पानी पिउने गिलास, खाना पकाउने भाँडा जस्ता संरचनाको विकास गरियो । यसरी ऐतिहासिक सामग्रीहरूको सूची हेर्दा भारत वर्षमा अहिलेको जस्तो चम्चा आकारको कुनै माटाका भाँडाहरु प्रयोगमा आएको खासै देखिँदैन । तर मिश्रको सभ्यतातिर भने यता वैदिककाल सुरु हुने बेलातिरै यस्ता उपकरण प्रयोगमा रहेको पाइन्छ ।

साधारण धारिला चट्टानहरू, माटोका उपकरणहरु, काठहरू उपकरणहरु हुँदै धातु विज्ञानको आविष्कारसम्म आइपुगेपछि चम्चाले अहिले आफूलाई खाना पकाउने खाना सेवन गर्ने उत्तम उपकरणको रूपमा प्रमाणित गर्न सफल भएको छ । यसको सरल डिजाइन र अर्धअण्डाकार स्वरुपका अन्य उपकरण भए पनि पूर्वीय संस्कृतिमा प्राचीनकालमा यस्तो संस्कृतिको विकास भएको पाइँदैन । तर हाल खाना तयार पार्ने र प्रदान गर्ने आधुनिक तरीकामा चम्चाले

अहिले विश्वभरमा ५० भन्दा बढी प्रकारका चम्चाहरु प्रचलनमा रहेको विभिन्न अन्तराष्ट्रिय अध्ययनहरुले देखाएका छन् । यो उपकरण विश्वभरि नै खानेकुरा खान एवं अन्य गतिविधिहरूमा धेरै विशिष्ट कार्यहरूको लागि प्रयोग गरिन्छ ।

चम्चाको इतिहास लामो र रमाइलो छ । कसैलाई थाहा छैन कि पहिलो चम्चा कहिले प्रयोग गरियो र कहाँ गरियो भन्ने । तर पुरातात्विक खोजहरूले ई.पू. १००० वर्षको क्षेत्रमा केही सजावटी र धार्मिक चम्चा प्रयोगमा आएको पत्ता लागेको छ । ती पुरातन चम्चाहरू काठ, स्लेट र हस्तिहाडले बनेका थिए । मिश्रका पुजारीहरूले बढी प्रयोग गर्ने गरेको चम्चाहरु अनौंठो डिजाइनमा बनाइन्थ्यो । पुरातन ग्रीस र रोमी साम्राज्यको युगमा चम्चा काँस र चाँदीबाट उत्पादन गर्ने गरिन्थो भन्ने प्रमाण भेटिएको छ ।

मध्ययुगीन युरोपको समयसम्म गाईको सिँग, काठ, काँस र कुमालेले माटोबाट चम्चा बनाउने गरेको पाइएको छ । १५ औं शताब्दीमा मात्र काठको चम्चाले अधिक टिकाउयुक्त धातुयुक्त चम्चालाई प्रतिस्थापन गर्न सुरू ग¥यो । यस्ता चम्चाहरु १५ औं शताब्दीमा उच्च घरानाले बढी प्रयोग गर्ने साधनको रुपमा प्रयोग भएको थियो ।

इङ्ल्याण्डमा चम्चाको सबैभन्दा पहिलो उल्लेख राजा एडवर्ड प्रथमको वार्डरोब विवरणको रूपमा १२५९ मा आएको थियो । चम्चालाई मध्यकालीन समयमा खानको लागि नभई धन र शक्तिको चिह्नको रूपमा प्रयोग गरिन्थ्यो । इङ्ल्याण्डका प्रत्येक राजाहरू राज्याभिषेकपछि विशेष चम्चाले अभिषेक गर्ने विधि अपनाउँथे । अन्ततः १८ औं शताब्दीको अन्तसम्ममा यसले आधुनिक रूप प्राप्त गर्‍यो ।

आधुनिक समयमा चम्चा हाम्रो खाद्य उपभोगमा धेरै प्रयोग हुने गर्छ । केवल यो तरल वा अर्धतरल पदार्थको उपभोगको लागि मात्र पहिलेपहिले प्रचलनमा आउने गरेको थियो । तर पछि यसले एक उत्तम उपकरणको रूपमा काम गर्छ । अहिले यो आधुनिक किचनवेयर र सबै किसिमका खानेकुराको खान पनि प्रयोग गर्ने गरिन्छ । त्यसैले नेपालीमा सबैसँग ठिक्क पार्ने मान्छेलाई चम्चे भनेर समेत नाम राख्ने गरिएको छ ।

मान्छेले अहिले प्रयोग गर्ने चम्चाका केही डिजाइनको उदाहरणहरु तल उल्लेख गरिएका छन् ।

क्याभीयर चम्चा – क्याभियरको अर्थ भनेको माछाको अण्डा हो । यस्तो परिकार खाँदा भाँडोले यसको स्वादमा परिवर्तन गर्छ भन्ने हिसाबले यस्ता चम्चाहरु मोती, सुन, जनावरको सिङ र काठबाट बनेका हुन्थे ।

कफी चम्चा – चियाचम्चा भन्दा अलिकति सानो चम्चा ।

डेजर्ट चम्चा – यो एक मध्यम आकारको चम्चा हो । यो चिया चम्चाभन्दा ठूलो र खाना खाने चम्चाभन्दा सानो हुने गर्छ । यसबाहेक पनि धेरै किसिमका चम्चाहरुको प्रयोग विश्वभरि हुने गरेको छ ।

एक पटक पढ्नुहोस