काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ३ घर भई हाल अमेरिका बस्दै आएका उत्सव दाहाल (उत्सव–काका)ले सोही वडामा रहेको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।‘धनभन्दा मन ठुलो’ भन्ने भनाईलाई चरिचार्थ बनाउँदै सहयोग गर्न काहीकतैबाट पनि छेक–थुन नहुने उदाहरण उनले पेश गरेका छन् ।
बाल्यकालदेखि आफ्नै गाउँघरमा रमाएका दाहालले आफु परदेशिनुको पिडा छँदैछ तर पनि आफ्नो वडामा रहेका विद्यार्थीलाई उनले आफ्नो ब्यक्तिगत सहयोग गरेका छन् ।नमोबुद्ध नपा–३ मा रहेको श्रीकृष्ण निम्न माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थीलाई उनले ट्रयाकसुट सहयोग गरेका हुन् । उनले उक्त विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीका लागि आफ्नो कमाईको केही रकम विद्यालयमा अध्यरत विद्यार्थीहरुका लागि वर्षको दुईपटक हरेका ठाउँ सहयोग गदै आएका छन् ।

उनै दाहालले अमेरिकाबाट आएको सहयोग रकमबाट आज सोमबार विद्यार्थीहरुलाई ट्रयाकसूट हस्तातरण गरिएको छ ।
विद्यालयमा आयोजित ट्रयाकसूट बितरण कार्यक्रमका प्रमुख अतिथि राष्टिय समाचार समिति (रासस)का काभ्रे प्रमुख राजकुमार पराजुलीले उक्त ट्रयाकसुट वितरण गरेका हुन् । पराजुलीले सो अवसरमा सहयोगी दाता दाहालको सामाजिक सेवाभावको प्रशंसा गर्दै विद्यार्थीलाई दाताको सहयोगको सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

उनले वर्तमान परिप्रेक्ष्यमा प्रविधिमैत्री शिक्षाको आवश्यकता औंल्याउँदै विद्यालयमा नियमित उपस्थित भई अध्ययन कार्यलाई नछुटाउन पनि विद्यार्थीलाई आग्रह गरेका छन् । विदेशमा कर्मथलो बनाएर बसेका दाहाललाई आफ् जन्मभूमिको मायाले आफुले कमाएको रकमबाट विद्यार्थीलाई ब्यक्तिगत सहयोग गर्नु चानचुने विषय नरहेको उनको भनाई थियो ।
विद्यालय ब्यवस्थापन ुसमितिका अध्यक्ष रामकुमार मैनालीले सहयोगी दाता दाहाललाई धन्यवाद दिएका थिए । उनले यसअघि विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरीसमेत उपलब्ध गराएको स्मरण गर्दै प्रत्येक बर्ष सहयोग गरेकोप्रति प्रशंसा गरेका छन् । विशेदमा बसेर पनि हाम्रो विद्यालयप्रति गरेको माया र ममता यस विद्यालयले कहिले भुल्न नसकिने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त अधिकारीले विद्यालयमा तीन बर्षदेखि इनटरनेट सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै सहयोगी दाता दाहालले विद्यार्थी भाईबैनीलाई सम्बोधन गरिएको पत्र पढेर सुनाएका थिए । पत्रमा सहयोगी दाहालले विद्यार्थी भाईबैनीलाई अध्धयनबाट बञ्चित हुनुपर्दैन भन्दै आवश्यक सहयोग माग्नसमेत भनेका छन् ।
उनीले विद्यार्थीहरुलाई अमेरिकाबाट पठाएको शुभकामनापत्रमा भनेका छन्, सधै म शिक्षाको सपोट गर्ने भएकाले कोही पनि शिक्षाबाट बञ्चित नहुन र आफुले गरेको सहयोग सदुपयोग गर्न सबै विद्यार्थी एवं शिक्षक कर्मचारीलाई आग्रह गरेका थिए ।
ट्रयाकसूछट पाएपछि खुसी भएका उक्त विद्यालयका विद्यार्थीले दाता ‘उत्सव–काका’ लाई धन्यावाद दिएका थिए ।

हामीहरुलाई उहाँले सधै माया गनुहुन्छ, उहाँको मायाले हामीलाई पढ्न र केही थप सिक्न मौका मिलेको समेत विद्यार्थीहरुले बताएका थिए । उनीहरुले अब उत्वस काकासँग थप स्टेशनरी र खेलकूदका सामग्रको अभाव रहेको कुरा उहाँ सामु पु¥याउन विद्यार्थीहरुले माग गरेका छन् ।
विद्यार्थीले उत्सव काकाजस्तै विद्यालयमा सहयोग गर्ने अन्य कोही पाउन नसक्नेसमेत बताए । उनीहरुले आफु्हरु खुसी भएको कुरा उत्सव काकासम्म पु¥याउन प्रअ अधिकारीलाई अनुरोध गरेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी एवं अभिभवाकहरुको उपस्थिती रहेको थियो ।
