After header

अन्धाधुन्ध हतियार प्रहारगरी आमा छोराको हत्या

बारा । अन्धाधुन्ध हतियार प्रहारगरी आमा छोराको हत्या गरिएको छ । बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको प्रहरीले जनाएको छ । बुबासहित तीनजना घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो बुवा जगरुक मण्डल गम्भीर घाइते भएको बारा जिल्लाका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए ।

एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको एसपी कुँवरले जानकारी दिए । घटना आज बिहान करिब ३ बजेको हो । हामी अहिले घटनास्थलमा आएर अनुसन्धान सरु गरेका छौं । एकजना मान्छे राति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेको भन्ने कुरा आएको छ’, एसपी कुँवरले भने ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

एक पटक पढ्नुहोस