After header

सबै युवाहरुको ढुकढुकी रहेका अशोक मेयरदेखि प्रतिनिधि सभा सम्मको यात्रामा

काभ्रे । काभ्रे जिल्ला धुलिखेल नगरपालिकाको २०५४ सालमा उपप्रमुख हुदै २०७४ र २०७९ नगर प्रमुख भएका अशोक ब्याञ्जुले अबको राजनिति प्रतिनिधि सभाको यात्रा तय गरेका छन् । काभ्रे जिल्लाको धुलिखेलमा विक्रम सम्वत २०२८ भदौ १ गते जन्मिएका हुन् । बुबा बच्चुनाथ ब्याञ्जु र आमा तुईमाया ब्याञ्जुको कोखबाट जन्मेका ब्याञ्जुका श्रीमती सहित एक छोरा, एक छोरी छन् । ब्याञ्जु सानै देखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय थिए ।

जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिकामा संघीय संरचना पछि लगातार दोश्रो पटक नगर प्रमुख पदमा निर्वाचित थिए । नेकपा एमालेको धुलिखेल अध्यक्ष हुदँै नेकपा एमालेको जिल्ला अध्यक्ष समेत भईसकेका ब्याञ्जुलाई धुलिखेलका बासाीन्दाले मात्रै नभई आम काभ्रीले जनता माझ परिचित ब्यक्ति मध्ये उनको नाम काफि छ । सानै उमेर देखि आफ्नो दुखसुख गरेर पढेर राजनितिकमा आएका उनी सबै सगँ समान व्यहोराले हेर्ने गर्छन ।

जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उप सचिव, सचिव, उपाध्यक्ष हुँदै नेकपा एमले काभ्रेको अध्यक्षमा समेत निर्विरोध निर्वाचित भएका थिए ।केही समय अगाडि भएको केन्द्रिय महाधिवेशनमा समेत लोकप्रिय मत ल्याई केन्द्रिय सदस्य समेत निर्वाचित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र, अर्थशास्त्र र साहित्यमा स्नातक गरेका ब्याञ्जुको राजनीतिक जीवनको शुरुवात वि.स.२०४३ सालमा भएको थियो । २०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका ब्याञ्जु उपप्रमुखहरु मध्ये देशभरका कान्छा जनप्रतिनिधि थिए ।

काभ्रे क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रहेका अशोक कुमार ब्याञ्जु श्रेष्ठ काभ्रे जिल्लाका एक परिचित, अनुभवी तथा जिम्मेवार राजनीतिक एवं सामाजिक व्यक्तित्व हुनु । मेयरको जिम्मेवारी सम्हाल्ने क्रममा उनले विकास र उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै धुलिखेलको समग्र प्रगतिका लागि निरन्तर र परिणाममुखी कार्य गर्दै थिए ।

उनकै नेतृत्वमा धुलिखेललाई एशियाकै दोस्रो तथा नेपालको पहिलो ‘स्वस्थ नगर ’ घोषणा गर्न सफल भएका ब्याञ्जु हाल प्रतिनिधि सभामा होमिएर काभ्रे जिल्लाको समग्र विकासमा लाग्ने बताउछन् ।पार्टीको विभिन्न सगठनमा रहेका काम गरिसकेको ब्याञ्जुलाई काभ्रे क्षेत्र २ का आम मतदाताले एक युवा नेता एवं विकास प्रेमी भएको बताएका छन् ।

ब्याञ्जु जस्तो विकासप्रेमी भिजन भएको नेता पाउनु काभ्रे क्षेत्र नम्बर २ का नागरिकहरुहरुले भाग्यमानी ठानेको मतदाताहरुको भनाई रहेको छ । हिजो काभ्रेको धुलिखेललाई चिनाउन जति मेहेनत गनुभएको छ अब जिल्ला बनाउछु भनेर आउनु भको हाम्रो क्षेत्रमा उहाँलाई आम मतदाताहरुले उहाँको भिजन र विकास हेर्न बाकी रहेको बताएका छन् ।

भिजन भएको विकास प्रेमी नेता हामीलाई चाहिन्छ । यसका लागि अहिलेको अवस्थामा अशोक ब्याञ्जु जतिको उम्मेदवार अरु पार्टीका उम्मेदवारमा उहाँ जस्तो क्षमता र विकास प्रमी नभएको मतदाताहरुले बताएका छन् । उम्मेदवार बनेको ब्याञ्जुले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु सित भेटघाट समेत सुरु गरिसकेको छन् ।

एक पटक पढ्नुहोस