After header

आगलागीबाट साढे सात लाख क्षति

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
दुई पुस्तक विमोचन
युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ । अधिकारीले लेखेको कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन बालुवाको’ को आज दमौलीमा विमोचन गरिएको हो ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिए । साहित्यकार डिल्लीराम मिश्रले हरेक अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको बताए।

शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले गुणात्मक सिर्जना गर्न सके उक्त सिर्जना युग युगसम्म बाँच्न सक्ने बताउँदै समाजलाई अग्रगतिमा लैजान साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए ।

गण्डकी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष काशीनाथ न्यौपानेले साहित्यकारले कृतिभित्र अलङ्कार भाषित गर्नुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साहित्यिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए ।

व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले समृद्ध नेपाल बनाउने अभियानमा साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए ।

एक पटक पढ्नुहोस