‘मर्यादित महिनावारी दिवस’को अवसर पारेर सुरु गरियो अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महीनावारी’ दिवस आज मनाइएको छ । गत वर्षदेखि डिसेम्बर ८ लाई विश्वभर मर्यादिन महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।

१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन मनाइने यो दिवसको अवसर पारेर तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको पनि आयोजना गरिएको छ । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नारा दिइएको कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा आयोजना गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजाल (साउथ एशिया कोलेसन)ले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यशालामा भर्चुअल र सहभागिमुलक दुवै माध्यमबाट संचालन भइरहेको छ ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले विश्वमै पहिलो पटक नेपालमा मर्यादित महिनावारी सम्वन्धी गोष्ठिको आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो ।

दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालकी नेपाल प्रमुख तथा अभियन्ता राधा पौडेलले महीनावारीलाई मानवअधिकार र राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने वताउनुभयो । महिनावारीलाई विभेद र छुवाछूतको दृष्टिकोणबाट बुझिनु अत्यन्त दुःखद भएकाले मर्यादित महिनावारीको कुरा सवैले गर्नुपर्ने बताइन् ।

कार्यशालामा विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । दक्षिण एसियाली मुलुकहरुमा महिला अधिकारका क्षेत्रमा काम गरिरहेकी अधिकारकर्मी कमला भसीनले महिनावारीलाई सकारात्मक सोचले हेरिनेुपर्नेमा जोड दिनुभयो ।

गत जेठमा हुने भनिएको कार्यशाला कोरोनाका कारण पछि सारिएको थियो । कार्यशालामा २० देशका ४० जनाले लेखेको ‘मर्यादित महीनावारीः अ प्राक्टिकल ह्याण्डबुक’को विमोचन पनि गरिएको छ ।

एक पटक पढ्नुहोस