काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफूहरूसँग त्रिविले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ।
मंगलबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले एक साताभित्र सहमतिलाई मुर्तरूप दिन आग्रह गरेको छ। नेविसंघ विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्यले आफूहरूसँग त्रिविले गरेका सम्झौता कार्यान्वयन नभए थप आन्दोलन गर्ने चेतावनी दिए ।
