विराटनगरमा एन्.वाइ.एफ्.सि. द्वारा खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न

विराटनगर, २७ भदौ । मोरङको विराटनगरमा रहेको एन्.वाइ.एफ्.सि (नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिस्) ले खुल्ला व्यायाम प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेको छ । आउदो बालदिवसलाइ लक्षित गर्दै शनिबार विराटनगरमा आयोजना गरीएको खुल्ला व्यायाम प्रतियोगितामा तीस जना भन्दा बढी बालबालिकाहरुको सहभागीता रहेको थियो ।

सो प्रतियोगितामा पुरुष तर्फबाट दिक्सन खड्का प्रथम,सुनिल गिरि द्वितीय र किसन ॠषिदेवले तृतीय स्थान हाशिल गरेका थिए । त्यसैगरी महिला तर्फबाट दिक्षिका खड्का प्रथम र निशा मण्डलले द्वितीय स्थान हाशिल गरेकी थिइन। बिजेताहरुलाई आयोजकको तर्फबाट पुरस्कार वितरण गरीएको थियो भने दिक्षिका खड्काले उत्कृष्ट प्रदर्शनी गरेकी थिइन।

एन्.वाइ.एफ्.सि का संस्थापक अध्यक्ष सुमन बन्जराको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका १९ का वडा अध्यक्ष बद्रीनारायण सरदारको प्रमुख आतिथ्य र घिनाघाट प्रहरी चौकी प्रमुख चन्द्राकुमारी चेम्जोङको विशेष आतिथ्य रहेको थियो । साना भाइबहिनीहरुको व्यायामप्रतिको लगाव र उत्साहलाइ थप मजबुत बनाउन प्रोत्साहन स्वरुप विजेताहरुलाइ संस्थाको तर्फबाट प्रमाणपत्र, टिसर्ट तथा नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष सुमन बन्जराले बताए ।

उक्त संस्थाले भविस्यका कर्णधार साना भाइबहिनिहरु, युवा वर्ग र सम्पुर्ण जनसमुदायलाई शारीरिक तथा मानसिक स्वास्थप्रती जागरुक र सृजनात्मक बनाउनका निमित्त प्रशिक्षण टिमद्वारा दैनिकरुपमा विराटनगर-१९ स्थित वैष्णवी दुर्गा मन्दीर परिसरमा नि:शुल्क व्यायाम कक्ष संचालन गरिरहेको र आगामी दिनहरूमा पनि व्यायामसंग सम्बन्धित थुप्रै प्रतियोगिता, वर्कसपहरु आयोजना गर्ने संस्थाका अध्यक्ष बन्जाराले जानकारी गराए ।

एक पटक पढ्नुहोस