After header

कलाकारको दसैँ योजना : गाउँ फर्कनेदेखि गान्तोक घुम्नेसम्म !

नेपालीको महान् चाड दसैँ घरआँगनमा भित्रिसकेको छ । गत बर्ष कोरोनाको त्रासका बीच दसैँ सेलिब्रेसन गरेका हामीले यो बर्ष भने केही राहत महसुस गर्न पाएका छौं । यतिबेला कलाकारदेखि सर्वसाधारसम्मलाई दसैँको माहोलले छोएको छ ।

दसैँको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न पाइन्छ । यस्तै सक्रियता कलाकारहरुमा पनि देखिएको छ । कोही कलाकारले यो दसैँमा घुम्ने मुडमा बनाएका छन्, भने कोही आफ्नो जिल्ला फर्किएर आफन्तसँग दसैँ मनाउने सुरसार छ । ​केहीकलाकारहरुले योपटकको दसैँ आफ्ना लागि विषेश हुने बताउँदा कतिपयको भने हल्काफुल्कामै बिदा गर्ने मुड रहेको छ । कलाकारको दसैँ योजना उनीहरूकै शब्दमा ।

जीतु नेपाल (हास्य कलाकार)

दसैँको खासै योजना छैन । घर परिवारसँगै मनाउछु । घरमा आमा र दाजु भाउजूहरुसँग टीका थाप्छु । ससुरालीमा सासुआमा र बाहिर केही आफन्त, साथीभाइका बुबाआमाको हातबाट टीका थाप्छु । हल्ला खानपिन, पिङ खेल्नेलगायतका क्रियाकलाप गर्छु ।

दुर्गा पूजा र ठूलाको हातबाट टीका थाप्ने कुरो दसैँको मनपर्ने पक्ष हो । दसैँ आफ्नो गच्छेअनुसार मनाउन, स्वस्थ र सर्तक रहन अनुरोध सबैमा गरें ।

एक पटक पढ्नुहोस