काभ्रे/काभ्रे जिल्लमा १३ वटा स्थानिय तहका लागि ७ सय १ जना जनप्रतिनिधि चाहिनेमा २७ सय ७३ जनाको मनोनय दर्ता परेको छ । काभ्रेमा १ सय ३५ वडा रहेको र ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका रहेको मा वडा सदस्य, वडा अध्यक्ष र मेयर उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरि काभ्रेमा कुल ७ सय १ जना निर्वाचित जनप्रतिनिधी चाहिनेमा २७ सय ७३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचानका लागि जिल्लाका १३ वटा स्थानीय तहबाट २७ सय ७३ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार वैशाख ११ र १२ गते काभ्रेका १३ स्थानीय तहबाट २७ सय ७३ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाका २६८, बनेपा नगरपालिकाका ३१६, पाँचखाल नगरपालिकाका २४१, धुलिखेल नगरपालिकाका २३७, नमोबुद्ध नगरपालिकाका २२८ र मण्डनदेउपुर नगरपालिकाका २७६, भुम्लु गाउँपालिका १९३, चौरीदेराली गाउँपालिका १९३, महाभारत गाउँपालिका १२६, खानीखोला गाउँपालिका १११, रोशी गाउँपालिका २३५, तेमाल गाउँपालिका २०४ र बेथानचोक गाउँपालिकामा १४५ जना गरि कुल २७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यही बैशाख १६ गते अन्तिम नामवली प्रकाशित गदै १७ गते निर्वाचनका लागि चिन्ह दिने प्रमुख निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ ।
