After header

धुलिखेल ३ मा घरदैलो

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी ः खत्री

काभ्रे/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् । आफ्नो नगर र वडाको विकास र समृद्धिका लागि भन्दै धुलिखेल नगरपालिका वडा नं. ३ का नेपाली काग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मदुसुदन खत्री सहित उहाका टिम यति बेला जनताको समस्या र आफ्नो पार्टीका लागि भोट माग्दै घरदैलो चुनावी प्रचारप्रसारमा ब्यस्त रहेका छन् ।


चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिदै नेपाली कांग्रेस धुलिखेल नगरपालिका वडा नं. ३ वडा अध्यक्ष पदको उम्मेदवार मधुसूदन खत्री वडा सदस्यहरु धुर्व श्रेष्ठ, श्याम लामा, अञ्जली तामाङ अम्बिका सुनुवार लगायतको टोलि घर दैलोमा भोट माग्ने दौडधुपमा छन् ।

आफ्नो वडा आफै बनाउ भन्दै युवा नेता खत्री यति बेला जनताको समस्या र विकासका बारेमा बुझ्दै जनताको घर आँगनमा पुगिरहेका छन् । आफूलाई यस स्थानिय तहको निर्वाचन वडा अध्यक्ष सहित सम्पूर्ण टिमलाई भोट अमूल्य मत दिनु होस् । यहा नगरपालिका र वडाको विकास र जनताले चाहेको जस्ता काम र योजना ल्याई यस वडाको विकास गर्ने छु उनले भने ।

यस धुलिखेल नगरपालिका मध्ये यस ३ नं.वडामा कुनै पनि राम्रो काम हुन नसकेको र विकासका नाम केही कसैले नगरेको भन्दै आफ्नो वडा बनाउन यस पटक जिताएर देखाउनु सबै मतदाताहरुलाई आग्रह गरेका छन् । चुनाव प्रसार प्रसारको नेतृत्व गदै जिल्ला सदस्य रामकृष्ण पोखरेलले आफु यति बेला काग्रेसको जितका लागि घरदैलोमा उम्मेदवार सहित भोट माग्न लागि परेको बताए ।

यस पटक यस ठाउँमा विकास गर्ने र विकास प्रेमी नेता उम्मेदवार पाएका छौ उनले भने । सबै जनताहरु खुशी भई विकास प्रेमी खत्री जस्तो वडा अध्यक्ष पाएकोमा सबै मतदाता मत हाल्न आतुर रहेको समेत पोखरेल जानकारी दिए ।

एक पटक पढ्नुहोस