After header

पनौती एमालेकाे प्रतिवद्धता पत्र सार्वजनिक ( पूर्ण पाठ सहित हेर्नुहोस)

पनौती /नेपाल कम्युनिस्ट पाटी एमाले पनौती नगर कमिटिले आसन्न वैशाख ३० का स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको पत्र सार्वजनिक गरेको हो । 

नेकपा एमालेबाट पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भिम न्यौपाने, उपप्रमुखका उम्मेदवार गीता बञ्जारा, नेकपा एमाले बागमती प्रदेश कमिटिका उपाध्यक्ष रामहरि सुवेदी, एमाले पनौती नगर कमिटि अध्यक्ष सुरेश हुमागाँई, नेकपा एमाले काभ्रेका उपसचिव राजकुमार सापकोटाले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरे ।
प्रतिवद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार न्यौपानेले आफ्नो पहिलो कार्यकालमा अघिल्लो निर्वाचनमा आफुहरुले अघि सारेका ८५ प्रतिशत कामहरु सम्पन्न भएको बताए । उनले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई सिरोपर गर्दै आफुहरु निर्वाचित भएको खण्डमा पहिलो कार्यकालमा सुरु गरिएका ठुला आयोजनाहरुको कामहरु सम्पन्न गरी जनता समक्ष हस्तान्तरण गर्ने बताए । पहिलो कार्यकालमा भुकम्पको पुनर्निर्माण, कोरोना सङ्क्रमणसँग जुध्नु परेको बताउँदै उम्मेदवार न्यौपानेले सम्पदाको शहर पनौतीलाई व्यवस्थित गर्ने लगायतका कामहरु अघि बढाउने बताए ।

न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले पनौतीमा निर्माणाधिन २५ शप्यको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने दाबी  गरे । हेर्नुहोस थप सूचना तलको लिंक बाट  inbound7336494131600417306

एक पटक पढ्नुहोस