पनौती/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा दलहरु यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । पनौती नगरपालिकामा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार रामशरण भण्डारी, पार्टीका नेता कार्यकर्ता लगायत सबै उम्मेदवारहरु यति बेला पनौती नगरपालिका भित्र रहेको १२ वटा वडामा घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् ।

आईतबार गठबन्धनको साझा घोषण पत्र जारी गरे लगतै आ–आफ्नो एजेण्डा सहित गाउँ गाउँ, टोल टोल र घर घरमा गई मतदाता सगँ आशीवार्द सहित भोट माग्ने काम गरिरहेका छन् । हेर्नुहोस् दलहरुले मतदाताहरु सगँ घरदैलोमा गई आशीवार्द सहित भोट मागेको केही तस्वीरहरु ।







