After header

मतदाता भन्छन खानेपानीको समस्या छ, उम्मेदवारको भनाई समाधान गछौं

पनौती/चुनावी अभियान अन्तर्गत भोट माग्दै घरदैलो पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले खानेपानीको समस्या रहेकोले समाधान गरिदिन आग्रह गरेका छन् । साथै गाउखरका बासिन्दाहरुले वर्षामा हिलोले हिडिनसक्नु हुने मुल सडकको सुधार गर्नुपर्ने पनि बताएका छन् ।


नेपाली काग्रेसको नेतृत्वमा बनेको गठबन्धनका मेयरका उम्मेदवार रामशरण भण्डारी र उपमेयरका उम्मेदवार छवि हुमागाईलाई भोट माग्ने क्रममा पनौती नगरपालिका वडा नम्बर ४ का मतदाताहरुले आफुहरुको प्रमुख समस्या खानेपानी रहेको बताएका हुन । ‘यस अघि निर्वाचित भएको एमाले नेतृत्वको स्थानीय सरकारले हाम्रो समस्या सुनेन’ पनौती–४ नयाबस्ती निवासि सुभद्रा तिमल्सिनाले भन्नुभयो– हामि भोट दिन्छौ, तपाइले खानेपानीको समस्या समाधान गरिदिनु पर्छ । जवाफमा मेयरका उम्मेदवार भण्डारीले भन्नुभयो– हस्, मैले यो कुरालाई नोटिसमा राखे ।

पनौती काग्रेसकी नेतृ अञ्जु रञ्जितले पनौतीको अधिकाशं गाउको समस्या खानेपानी रहेको बताउनुभयो । मत माग्ने क्रममा मतदाताको घरदैलो पुग्दा धेरै महिलाहरुले खानेपानी अभाव भएको गुनासो राखेको बताउदै एमाले नेतृत्वको सरकारले पाँच वर्षसम्म पनि खानेपानी समस्या समाधानमा कुनै चासो नदिएकोले अब निर्वाचन जितेपछि गठबन्धन नेतृत्वको सरकारले खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताउनु भयो । यो वडाका किसानहरुले भने सिचाईको समस्या समाधान गर्न पनि उम्मेदवारहरुको ध्यानाकर्षण गराएका छन् ।


पनौती नगा वडा नम्बर–४ पनौतीको राजधानि पनि हो । पनौती नगरपालिकाको कार्यालय रहेको यो वडामा असोचनिय तरिकाले बस्ती बढीरहेको छ । नगरको केन्द्र भएपनि यहाका मुख्य सडकहरुमा हिउद वर्षा बा¥है महिना यातायात सञ्चालन गर्न कठिन छ । यो वडाको गाउबाट वजार क्षेत्रमा बसाई सर्नेको संख्या न्युनिकरण गर्न सकिएको छ । एक डेढ किलोमिटर माथि गाउमा चार÷पाँच रोपनी बारी वेचेर तल वजारमा तीन÷चार आना जग्गा किनेर घर बनाउने क्रम बढ्दो छ ।

मेयरका उम्मेदवार भण्डारी भन्नुहुन्छ– गाउका जनतालाई गाउमै बस्ने बनाउन सबैभन्दा पहिले गाउ सम्म पक्कि सडक, व्यवस्थित विजुलीको लाईन, खानेपानी, इन्टरनेट लगाएत आवश्यक सबै सुविधा पु¥याएमा गाउका मानिस सुविधा खोज्दै तल बजारमा आउने क्रम घटछ । ग्रामिण गरिबि भन्दा शहरी गरिबि भयाभह हुने भन्दै उहाले गाउमा दुई÷चार रोपनी जग्गा भए पनि व्यवसायीक खेति गरेर तीन÷चार जनाको परिवार पाल्न सकिने उहा बताउनु हुन्छ ।

गठबन्धनको तर्फबाट उपमेयरको उम्मेद्वारी दिएका छवि हुमागाईले पनौती नगरमा गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य र शिक्षा का साथै कृषिलाई पनि प्राथमिकता राखेर कार्य गर्ने योजना बनाएको बताउनु भएको छ ।

एक पटक पढ्नुहोस