After header

काभ्रेमा ७ सय १ जनप्रतिनिधीका लागि २५ सय ४ उम्मेदवार चुनाव लड्दै

काभ्रे/आज बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा ७ सय १ जनाका लागि २५ सय ४ जना जनप्रतिनिधी चुनावी पैदानमा रहेका छन् ।

काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडामा वडा अध्यक्ष र वडा सदस्य सहित एक वडामा ५ जनाका दरले काभ्रेमा १ सय ३५ वडाका लागि ६ सय ७५ जन जनप्रतिनिधी र १३ वटा पालिका प्रमुख र उपप्रमुख गरी २६ जना गरीकुल ७ सय १ जना जनप्रतिनिधीका लागि काभ्रेमा २५ सय ४ जना उम्मेदवार आज हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि सहभागि भएका छन् ।

काभ्रेमा बैशाख ११ र १२ गते मनोनय दर्ता सगै ३ जना सदस्यहरु निर्विरोध निर्वाचित भईसकेको र अब बाकी ६ सय ९८ जन जनप्रतिनिधीका लागि आज मतदान हुदै गरेको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराई जानकारी दिनु भयो ।

एक पटक पढ्नुहोस