After header

काभ्रेमा स्वतन्त्रले खाता खोल्यो

नमोबुद्ध १ मा वडा अध्यक्ष प्रेम

काभ्रे/काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा स्वतन्त्र उम्मेदवार विजय भएका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेम लामा सहितको टिम विजय भएको नमोबुद्ध निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

जेव्रा चिन्ह लिएर उठेका लामाले ५ सय ५६ मत प्राप्त गरि विजय भएका छन् । उनीका प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले ४ सय १९ र काग्रेसका उम्मेदवारले २ सय ८ र माओवादीका उम्मेदवारले ९६ र कलमका उम्मेदवारले ६१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । कुल १४ सय २१ मत खसेकोमा सदर मत १४ सय १५ रहेको थियो ।

नमोबुद्ध १ बाट गठबन्धनका मेयरका उम्मेदवार कुन्साङ लामालाई ६ सय २३ र एमालेका राजनलाई ५ सय ८१ मत प्राप्त भएको छ भने उपप्रमुख गठबन्धनका उम्मेदवार माओवादीका रत्न लामालाई ३ सय ९६ छ भने एमालेका उपप्रमुखलाई ६ सय ७८ मत प्राप्त गरेको निर्वाचन कार्यालय नमोबुद्धले जनाएको छ ।

एक पटक पढ्नुहोस