काभ्रे/खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाएका थिए । उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे ।
७ वडा रहेको खानीखोलामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हासिल गरेका छन् ।
खानीखोला १ नं. वडामा वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका सन्तमान थिङ, २ मा काग्रेसका दशरथ थिङ, ३ माओवादीका सागर लामा, ४ मा माओवादीका निशान मोक्तोन, ५ मा माओवादीका बुद्धिबहादुर स्याङतान, ६ मा काग्रेसका बृहस्पति लामा र ७ मा एमालेका रामबहादुर मोक्तान वडा अध्यक्षमा विजय भएका छन् ।
