After header

सार्वजनिक बिदाको दिन सवारी पास बन्द

काभ्रे/सार्वजनिक बिदाको दिन सरकारी निकायका सवारी साधन चलाउन जिल्ला प्रशासन बाट दिने पास बन्द गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार जेठ महिना देखि शानिबार र आईतबार गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरे सगै काभ्रे जिल्लामा पनि सार्वजनिक बिदाको दिन सवारी पास बन्द गरिएको छ ।

हप्ताको २ दिन बिदा दिने निर्णय मन्त्रिपरिषदको मिति २०७९ बैशाख १३ गते निर्णय भई कार्यान्वनका लागि पत्र प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेले सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलका प्रशासकीय अधिकृत राम प्रसाद भट्टराईले हस्ताक्षर गरेको सुचनामा भनिएको छ ।

सरकारी, सस्थान र अर्ध सरकारी निकायहरुको स्वामित्वमा रही सरकारी, निजी तथा अन्य कुनैपनि प्रकारको नम्बर प्लेट कायम गरी प्रयोगमा रहेका सवारी साधनहरु सार्वजनिक बिदाको दिनमा सञ्चालन नगर्ने र नगराउने व्यवस्था मिलाउनु भनि पत्र प्राप्त भएकाले सबैको जानकारीका लागि अनुरोध छ पत्रमा भनिएको छ ।

एक पटक पढ्नुहोस