पनौती/पनौती नगरपालिका भित्र रहेका विद्यालयहरुमा खादाको प्रयोग नगर्न नवनिर्वाचित नगर प्रमुख रामशरण भण्डारी आग्रह गर्नु भएको छ । आज नगरपालिकाको शिक्षा शाखाको एक कार्यक्रम बिच उहाँले विद्यालयहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादाको प्रयोग नगर्न सबै विद्यालयहरुमा आग्रह गर्न शिक्षा शाखालाई निर्देशन दिनु भएको छ ।
विद्यालय भनेको शिक्षा दिने र लिने ठाउँ भएकाले यस पवित्र ठाउँमा र्फुमास खर्च गर्ने आवश्यक नरहेको नगर प्रमुख भण्डारीले बताउनु भयो ।आजै नै नगर प्रमुखको निर्देशन अनुसार विद्यालयहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादाको प्रयोग नगर्न सबै विद्यालयहरुको प्रअहरुलाई जानकारी गराईएको शिक्षा शाखाले जानकारी दिएको छ ।
