After header

लागूऔषध सहित बाराका युवक पक्राउ

काठमाडौं/ नेपाल प्रहरीले लागुऔषध सहित एक युवकलाई काठमाडौंको फर्पिङ बसपार्कबाट पक्राउ गरेको छ । प्रहरीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित बाराको कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय इन्ताज अन्सारीलाई पक्राउ गरेको छ ।

सोमबार १२ बजेको समयमा कलैयाबाट काठमाडौं आउँदै गरेको ना १ ज ५९५८ नं.को टाटा सुमोलाई चेकजाँ गर्ने क्रममा उनको झोलाबाट लागू औषधहरु फेला परेको थियो । प्रहरीले उनको साथबाट १९२ एम्पुल डाइजेपाम, १९९ एम्पुल नूफिन र १९९ एम्पुल फेनेरगन गरी जम्मा ६९० एम्पुल लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस