‘मिक्स मार्शल आर्ट’का तीन खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै

मिक्स मार्शल आर्ट (एमएमए)को अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन तीन नेपाली खेलाडी भारत प्रस्थान गरेका छन् । नेपालभरिका एमएमए खेलाडीबिचको प्रतिस्पर्धामा उत्कृष्ट भएका तीन खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भारत प्रस्थान गरेका हुन् । स्ट्र–वेट तौल समुहका कविन देसार वामी, लाइट–वेट तौल समुहका आशुतोष मुल्मी र सुपर–लाइट तौल समुहका कुञ्जन कक्षपतिले उक्त प्रतियोगितामा भाग लिनेछन् ।

मिक्स मार्शल आर्ट फेडेरेसन अफ इण्डिया (एमएमएएफआइ)को आयोजनामा मुम्बईमा  एमएमएएफआइ कन्गेन्डरको विश्वव्यापी प्रतियोगिता हुँदैछ । विश्वभरका एमएमए खेलाडी सहभागी हुने उक्त प्रतिस्पर्धा नेपाली मितिअनुसार साउन ७ र ८ गते सञ्चालन हुनेछ । नेपालले पहिलोपटक एमएमएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउन लागेको एमएमए नेपालका अध्यक्ष श्रवण वल तामाङले जानकारी दिए । मिक्स मार्शल आर्ट एसोसियसन अफ नपालले गत असार २४ गते काठमाडौंको शंखडोल हलमा पहिलो राष्ट्रव्यापी एमेच्योर एमएमए प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा स्ट्र वेट–५०, फ्लाइट वेट–५६ , वेन्टन वेट–६१, फेदर वेट–६५, लाइट वेट–७० , वेल्टर वेट –७७ र हेभी वेट–८५ केजी गरी सात फरक तौल समुहका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो ।

एक पटक पढ्नुहोस