काभ्रे / नेपाली कांग्रेसको भातृ संगठनबाट भुम्लु गाउँपालिकालाई विपद् पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्धेश्यले विपद् सामान जस्तापाता र पाल वितरण गरेको छ । अविरल बर्षा सँगै भुम्लु गाउँपालिकाको बिभिन्न ठाउँमा बाढी र पहिरोले क्षेती पुगेको भन्दै नेपाली कांग्रेस भुम्लु गाउँपालिका ईकाई समिति, नेपाल विद्यार्थी संघ काभ्रे र तरुण दल काभ्रेले गाउँपालिकालाई संयुक्त रुपमा जस्तापाता र त्रिपाल उपलब्ध गराएको हो ।
अविरल बर्षाका कारण भुम्लु गाउँपालिकाको विभिन्न स्थानमा पहिरोका कारण बस्ति जोखिममा परेर नागरिकलाई समस्या भएपछि गाउँपालिकामाफर्त नागरिकलाई सहयोग गर्न सो सामग्री उपलब्ध गराएको नेपाल विद्यार्थी संघका नेता अञ्जनराज खतिवडाले जानकारी दिए ।
तरुण दलका नेता सुजन लामा र नेपाली कांगे्रस भुम्लु गाउँपालिका ईकाई सचिब सदिक्षा लामाले आफैले गएर वितरण गर्नुभन्दा पनि स्थानीय सरकारबाट नै वितरण गर्दा वास्तविक पीडित समक्ष पुग्ने विश्वासका साथ सामग्री उपलब्ध गराएको बताउँदै वितरण गरेको सामान छिटो भन्दा छिटो वास्तविक पीडितसम्म पु¥याउन समेत अनुरोध समेत गरेको छन् ।
अध्यक्ष प्रेम बहादुर भुजेलले विपद्को वेलामा सहयोग गर्नु सबै सचेत नागरिकको दायित्व भएको उल्लेख गर्दै विपद्बाट समस्यामा परेका नागरिकलाई सहयोगको लागि उपलब्ध गराएको सामग्रीले पालिकालाई समेत ठुलो हौसला मिलेको बताउनुभयो । अविरल बर्षाका कारण भएको समस्यालाई सम्झेर भुम्लुवासिन्दालाई सम्झेर गरेको सहयोग अतुलनिय रहेको बताए । सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपक अधिकारी लगायतको उपस्थिति रहेको थियो । भुम्लु गाउँपालिकाको सापिङ, चौवास, सिमथली र खेबसिम्ले लगायतको ठाउँमा अविरल बर्षाका कारण पहिरो गएपछि करिब २४ घर परिवारलाई स्थान्तरण नै गर्नु पर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ ।
