ः
नन्द बहादुर रोकाया
मुगु /
मुगु ः मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १२ को परिवर्तनशिल वडा कार्यालयमा विगत २ हप्ता देखि ताला लागाइएको छ । राजनितिक खिचातानिले गर्दा सो वडा कार्यालयमा ताला लागेको हो । 
वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधी बिच एक आपसमा मनमुटाव हुदा १२ नं वडा कार्यालयमा ताला लागेको बताईएको छ ।
छायानाथ रारा नगरपालिकाले केही दिन अगाडी एक सुचना जारी गर्दे करार कर्मचारी लाई हाजिरी नगर्न कार्यसम्पादनको आधारमा मात्रै हाजिर गराउने भनेको थियो । उक्त निर्णय लाई मध्येनजर गर्दे करार कर्मचारी हाजिर नगर्न भनि वडा कार्यालयमा दुई हप्ता देखि ताला लगाएको नेकपा एमाले बाट वडा अध्यक्षमा निर्वाचित आईतुराम रोकायाले बताए । उनका अनुसार करार कर्मचारी लाई हाजिर नगर्न आफुले कार्यलयमा ताला लगाएको भएपनि दोस्रो ताला किन लगाईएको भन्ने बिषयमा आफु जानकार नभएको बताए ।
उक्त वडामा नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जना र नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य रहेका छन् । वडा अध्यक्षले करार कर्मचारी लाई हाजिर गर्न नदिई आफु पायक कर्मचारी राख्न खोजेकाले त्यस्तो गर्न नहुने र पुराना करार कर्मचारी भए पनि नगरपालिकाको आदेश अनुसार करार कर्मचारी लाई हाजिर गराईनु पर्ने आफ्नो माग भएकाले दोश्रो ताला आफुले लगाएको नेकपा माओवादी केन्द्र बाट निर्वाचित वडा सदस्य रुनउदिप ऐडीले बताए ।
परिर्वतनशिल १२ नं वडा कार्यलयमा यति बेला दुई वटा ताला लगाईएका छन । विशेष गरेर दुबै पक्ष लाई निहाल्दा करार कर्मचारीको विषयमा निहुँ गरेता पनि राजनितिक खिचातानिले यस्तो भएको पाईएको छ । नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्षले आफुपाएका कर्मचारी राख्न खोजेको र नेकपा माओवदि केन्द्र बाट निर्वाचित वडा सदस्यले पुरानै कर्मचारी लाई कार्य सम्पादनका आधारमा नगरपालिकाले करार म्याद थप गर्ने र सोहि बमोजम पुराना कर्मचारी लाई यर्थावत गर्नु पर्ने बिषयमा मनमुटाव भएको देखिन्छ ।
यस भन्दा अघि तिन जना करार कर्मचारीले सेवा प्रवाह गरीरहेका थिय । नगरपालिकाले करार कर्मचारी लाई हाजिर नगर्ने सुचना जारी गरे पछि करार कर्मचारी लाई वडा अध्यक्षले हाजिर गर्न नदिएका करार कर्मचारी हंस लाल बुढाले बताए । वडा सचिब जितेन्द्र कुमाईका अनुसार वडा अध्यक्षले हाजिर गर्न दिनु भएन अहिले ११ नं वडाको सचिब भएर काम गरिहरेको छु । वडा कार्यलय ताला किन लगाईएको आफुलाई जानकारी नभएको बताए ।
दुई हप्ता देखि वडा कार्यलयमा ताला लगाईएको र अहिले वडा अध्यक्षले आफनो नजिकका गोख बहादुर नेपालीलाई सहयोगि बनाई सेवा प्रवाह गरिहेका छन । सेवा प्रवाह वडा कार्यलयबाट नभई वडा अध्यक्षको घर बाट सदरमुकाम गमगढीको सम्र्पक कार्यालय बाट भईरहेको बताईएको छ ।
स्थानीय वडा बासिका अनुसार राजनितिक खिचातानि र दुई हप्ता देखि वडा कार्यालयमा ताला बन्दि हुदा सेवाग्राही मर्कामा परेका छन् । सामान्य वडा सिफारिस , नागरिकताको सिफारिस , योजना लगायत अन्य सिफारिस नपाएको स्थानीय आईतु सिहं कामीले बताए ।
यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामका अनुसार परिवर्तनशिल वडा कार्यालयमा दुई हप्ता देखि ताला लगाएको बारेमा आफुलाई जानकारी नभएको र बुधवार स्वास्थ्य संस्था , वडा कार्यालयको छड्के अनुगमनमा जादा उक्त वडा कार्यालयमा दुई हप्ता देखि ताला लगाएको भेटाएको बताए ।
उनका अनुसार किन परिवर्तन शिल वडा कार्यालयमा ताला लगाईयो यस विषयमा सोधि खोजि गरि दुवै पक्ष लाई स्पष्टिकरण सहित नगरपालिकामा बोलाई छानबिन गर्ने र तत्काल ताला खुलाउन पहल गरिने नगर प्रमुख भामको भनाई छ ।
