After header

नेविसंघमा प्रतिनिधि खटा्रउको विषयमा शेखर पक्ष असन्तुष्ट्

काठमाडौं । नेविसंघमा प्रतिनिधि खटाएउको विषयमा शेखर पक्षले असन्तुष्ट् जनाएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा निकटका विद्यार्थी नेताहरू मात्रै प्रतिनिधि खटाईको विषयमा शेखर पक्षका विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् । प्रतिनिधिमा सहभागी नभएका संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका विद्यार्थीले आपत्ति जनाएका छन् ।

नेपाल विद्यार्थी संघभित्र प्रतिनिधि खटाएको विषयलाई लिएर विवाद देखिएको हो । नेविसंघले १२ औं महाधिवेशन केन्द्रीत राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियानका लागि ७७ जिल्ला र क्याम्पसहरूमा प्रतिनिधि खटाएको छ ।
प्रतिनिधिले बैठक बोलाउन सहजीकरण गर्ने, सदस्यता वितरण कार्यका लागि तल्लो तहमा प्रतिनिधि खटाउने, राय, सुझाव संकलन गर्ने लगायतका कार्य गर्नेछन् ।

७ पुसबाट तोकिएको क्षेत्रमा काम गर्ने गरी ७७ जिल्ला र ११३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि छनोट गरिएको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा एक जना र दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा भने दुई जना प्रतिनिधि तोकिएको छ ।
केन्द्रीय सदस्य प्रतिनिधि बनाएर पठाउनु विधान विपरित हुने कोइराला पक्षधर विद्यार्थी नेता प्रेमिका रानामगरले बताइन् ।

‘अधिवेशन गराउनका लागि केन्द्रले प्रतिनिधि खटाउन सक्छ तर सदस्यता वितरणका लागि खटाउन मिल्दैन,’ रानामगरले भनिन् ।‘अधिवेशन नगराउने मनसायले विवाद सिर्जना गर्नका निमित्त यो काम भएको छ उनले भनिन् ।’यता, संस्थापन पक्षले भने विधान विषय उठाउनु तर्कहीन भएको उल्लेख गरेको छ । प्रतिनिधि चयन हुँदा ४० शेखर पक्षकालाई हुनुपर्ने माग रहेकाले सहमति बन्न नसकेको संस्थापन पक्षको भनाई छ ।

सदस्यता वितरण र सुझाव संकलनका लागि प्रतिनिधि खटाउन विधानले नरोक्ने संघका प्रवक्ता सुरज सेजुवाल बताउँछन् । ‘उहाँहरूले प्याकेजमा भागबन्डा चाहियो भन्नुभएको थियो । ४० प्रतिशत प्रतिनिधि माग्नुभयो,’ सेजुवालले भने, ‘महामन्त्री गगन पक्षलाई जति दिने हो हामी नै दिन्छौं भनेर अडान राख्नुभयो ।’

समूहभित्रको आपसी समस्या प्रतिनिधि छनोटको क्रममा शेखर पक्षका विद्यार्थी नेताहरुले देखाएको प्रवक्ता सेजुवालले बताए । प्रतिनिधिमा कतिपय शेखर पक्षका पनि सहभागी भएको सेजुवालको दाबी छ । जिल्ला र क्याम्पस गरेर करिब तीन सय जनालाई प्रतिनिधि बनाइएको छ । त्यसमध्ये एक सय २१ जना महामन्त्री थापा निकट भएको उनी निकटका विद्यार्थी नेताहरुले दाबी गरेका छन् ।

प्रतिनिधि छनोट र सदस्यता वितरणमा सहमति बने अनुसार जिल्ला र क्याम्पसहरुमा प्रतिनिधि खटाउने कार्य भएको महामन्त्री थापा निकट विद्यार्थी नेता सुशान्त आचार्यले जानकारी दिए । सदस्यता बाँड्ने संगठनको नियमित कार्य भएकाले आपत्ति जनाउने विषय नभएको अर्का विद्यार्थी नेता सुवास पौडेलले बताए ।

२०७३ सालपछि संघको अधिवेशन हुन सकेको छैन । त्यसयता तदर्थ समितिमा सञ्चालित संघमा ७५२ जनाको कार्यसमिति छ । पार्टीले यसैवर्षभित्र १२ औं महाधिवेशन गर्न संघलाई निर्देशन दिएको छ । अधिवेशन गराउनका लागि पार्टीबाट सहजीकरण र समन्वय गर्नका लागि सहमहामन्त्री किशोरसिंह राठोरलाई निर्देशक समितिको संयोजक तोकिएको छ ।

एक पटक पढ्नुहोस