काठमाडौं । पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएको कास्की प्रहरीले जनाएको छ । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
