After header

घरभित्र निसास्सिएर एकैपरिवारको दुईको मृत्यु, एक घाईते

काठमाडौं । घरभित्र निसास्सिएर एकै परिवारको दु्ईको मृत्यु भएको छ भने एक जना घाईते भएको छन् । सुर्खेत वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको छ भने छोरी घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रनर वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो ।देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिए । घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र प्रहरीलाई खबर पुगेको थियो।

‘बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो,’ डिएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक रिपोर्ट छ।’

एक पटक पढ्नुहोस