After header

मोरङको ग्रामथान गाउँपालिकामा काग्रेसबाट बलराम अध्यक्षको उम्मेदवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । अध्यक्षका लागि १३ जना आकांक्षी थिए ।

एक पटक पढ्नुहोस