After header

सञ्चारमन्त्रीले भेटे तिनैजना पार्टीका शिर्ष नेताहरुलाई

काठमाडौँ । नेपाल सरकारका सञ्चारमन्त्री जगदीश खरेलेले तिनपार्टीका शिर्ष नेताहरुलाई भेट गरेका छन् । आज शुक्रबार बिहान देखि राजनितीक भेटघाटमा नै ब्यस्त रहेका छन् । उनले सूरुमा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा भेटेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् । नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबिच शुक्रबार भेटवार्ता भएको छ । खरेल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

एक पटक पढ्नुहोस