काठमाडौ । वैश्विक आध्यात्मिकता, सांस्कृतिक कूटनीति तथा सभ्यतागत सद्भावनाको क्षेत्रमा ऐतिहासिक मान्यता स्वरूप नेपालका प्रख्यात विश्व आध्यात्मिक दूत प्रदीप खनाल लाई प्रतिष्ठित हिन्दुस्तान गगन गौरव वल्ड एनभाइ फेस्ट–२०२५ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
कर्नाटक राज्य मुक्त विश्वविद्यालय, मैसूरमा आयोजित भव्य अन्तर्राष्ट्रिय समारोहमा दक्षिण एसियाका प्रतिष्ठित शिक्षाविद्, आध्यात्मिक गुरु, कूटनीतिज्ञ तथा नीति–निर्माताहरूको गरिमामय उपस्थितिमा उनलाई उक्त सम्मान प्रदान गरियो थियो ।
उक्त पुरस्कार खनालको अद्वितीय आध्यात्मिक यात्राको सम्मान, समकालीन विश्वमा सनातन धर्मप्रति उनले पु¥याएको अतुलनीय योगदान तथा विभिन्न राष्ट्रबीच जनस्तरीय कूटनीति सुदृढ गरेको आधारमा कदर स्वरूप प्रदान गरिएको हो । कार्यक्रममा १० भन्दा बढी विश्वविद्यालयका कुलपति, वरिष्ठ विद्वान, वातावरणविद् तथा भारत, भूटान, श्रीलंका र नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
