After header

भुम्लुमा जनतासँग कांग्रेस अभियान सुरु

आजैबाट वडा र टोल टोलमा अभियान शुरु गर्ने सभापति ः दावा

काभ्रे/  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार काभ्रेमा यति बेला जनता सगँ काग्रेस अभियान जारी रहेको छ ।
आगामी मङ्सिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस काभ्रेले जिल्लाका प्रतिनिधि सभाका २ र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग कांग्रेस अभियान कार्यक्रम चलिरहेको छ ।

आसन्न प्रदेश सभा तथा संसदीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले जनतासँग कांग्रेस अभियान पालिका स्तरीय हिजो बिहिबार उद्घाटन गरी जनता सगँ काग्रेस अभियान शुरु गरेको छ ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भुम्लुमा अभियान संचालन भएको हो । कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य आचार्यले सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्ने, जनताको घर घरमा पुगी जनताका गुनासा, सुझाव सुन्ने लगायतको मुख्य एजेण्डा रहेको बताए ।

आचार्यल जनताका घर घरमा पुगी कांग्रेसले गरेको विकास निर्माण तथा कामको बारेमा जानकारी गराउदै नेपाली कांग्रसको अवस्था मजबुत बनाउने, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन जनतासँग अपिल गर्ने जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका पूर्व उप सभापति अच्युत पौडेल, पूर्व क्षेत्रिय सभापति सुन्दरमणि आचार्य, क्षेत्रिय सभापति हेम कुमार लामा, केन्द्रिय महाधिवेशन प्रतिनिधि मन्जु शाह ठकुरी लगायतका नेताहरुले आसन्न प्रतिनिधी सभा, प्रदेश सभा निर्वाचनमा पार्टीले गर्ने गठबन्धन सम्मानजनक हुनुपर्ने मा जोड दिएका छन् ।

कार्यक्रमका सभापति समेत रहेका नेपाली काग्रेस भुम्लु गाउँपालिकाका सभापति तथा भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेनद्रमान तामाङ्ग (दावा)ले स्थानीय तहको निर्वाचनमा आफूले पाएको मत प्रतिनिधी सभा÷प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारले पाउने बताउदै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा नेपाली कांग्रेस लागिसकेको बताए । नेपाली जनताको भरोसाको एक मात्र पार्टी नेपाली कांग्रेस भएकोले घरदैलोमा गएर नेपाली कांग्रसको बारे बुझाउनुपर्ने तामाङ्गले बताए ।

जिल्ला कार्यसमितिको कार्यतालिका अनुसार १६ गते सम्म पालिका स्तरीय उद्घाट गरी यस भुम्लु गाउँपालिकामा जनता सगँ काग्रेस अभियान शुरु भएको समेत जानकारी दिए । १७ गते बाट सबै वडा र टोल टोलमा जिल्लाबाट खटि आउनु भएका प्रतिनिधि सहितको टोली जनताको घर घरमा जानेर काग्रेसका अगामी एजेण्डा सहित जनताको गुनासा लिने काम हुने सभापति दावाले जानकारी दिए ।

यही भदौ २१ गते सम्म भुम्लुमा रहेका १० वटै वडामा गई अगामी मंसिङ ४ गते हुन गईरहेको निर्वाचन बारे जनता सग काग्रेस प्रष्ट एजेण्डा सहित जनताको समस्या र जनताले चाहेको कुरा बारे आफू लगायत सबै यस पालिकाका नेता कार्यकर्ता यस अभियान सफलता पूर्व सम्पन्न गर्ने लाग्ने समेत भूम्लु गाउँपालिका नेपाली काग्रेस सभापति जितेनद्रमान तामाङ जानकारी दिए ।

एक पटक पढ्नुहोस