काभ्रे क्षेत्र नं. १ प्रदेशसभा (क) बाट माओवादी केन्द्रका रत्न ढकाल विजयी

काभ्रे । काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) र बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार समेत रहेका रत्न ढकाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पनौतीका अनुसार माओवादी केन्द्रका रत्नले २० हजार ७३०मत प्राप्त गरि विजयी भएका छ्न । उनका निकटतम प्रतिष्पर्धी एमालेका तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेश सभा सदस्य मा नै विजयी भई ढकाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत रहेका थिए ।

एक पटक पढ्नुहोस